प्रवासी नेपाली समन्वय समिति “PNCC” मलेसियाको परिचय :
प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) वैदेशिक रोजगारमा संलग्न व्यक्ति सदस्य रहने, वैदेशिक रोजगारमा प्रभावित श्रमिक र उनीहरुको परिवारलाई सहयोग गर्ने, मानव अधिकारका लागि पैरवी गर्ने, क्षमता अभिवृद्धि, सुरक्षित, मर्यादित, र व्यवस्थित वैदेशिक रोजगारको लागि पैरवी गर्ने उद्देश्य राखी सन् २००९ मा नेपालको संघसंस्था ऐन २०३४ को कानुन अनुसार स्थापाना गरिएको गैर नाफा मुलक, गैर राजनैतिक गैर-सरकारी संस्था हो ।
यो संस्था फिलिपिन्समा रहेको क्षेत्रीय सञ्जाल Migrant Forum in Asia (MFA) को कार्यसमिति सदस्य तथा नेपालमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल र युवा संस्था सञ्जालको सदस्य रहेको छ । यो संस्था राजनैतिक पार्टीको सौजन्य, प्रवर्धन वा आवद्धता नरहेको ग्यारेन्टी गरिन्छ ।
यस संस्थाको मुल नारा “For the Migrants by The Migrants” रहेको छ । यस संस्थाले ४६,००० नेपाली श्रमिक र परिवारसँग काम गरेको अनुभव छ । मलेसियाको हकमा भने ६४७७ नेपाली श्रमिक र तिनका परिवारसंग काम गरिसकेको छ ।
मलेसियामा श्रमिक उद्दारका लागि संघसंस्थाहरू North South Initiative (NSI), Our Journey Malaysia, Bar Council Malaysia, Human Right Commission of Malaysia (SUHAKAM) र ILO Malaysia जस्ता संस्थाहरूको सहयोग तथा सहकार्य भईरहेको छ ।
संस्थाले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा कार्न्वयनमा रहेको सामी कार्यक्रममा प्रविधिक सहयोग दिनको लागि साउदी अरव, कतार, संयुक्त अरब ईमिरेटेस् र मलेसियामा वाह्यसम्पर्क सञ्जाल स्थापन गरी आप्रवासी नेपाली श्रमिक तथा उनीहरूकको परिवारका समस्या तथा गुनासोहरूमा सरोकारवाला निकायसँगको सहकार्य, समन्वय र सहयोग सहजीकरण गरिरहेको छ ।
त्यस्तै गरेर मलेसियामा रहेका नेपाली श्रमिकहरूका लागि नेपाल सरकार, कन्सुलर सेवा विभागको सेवामा पहुँच पुर्याउन श्रमिकका समस्या तथा गुनासो नेपाली राजदूतावाससँगको सहकार्यमा सेवा प्रदान गर्दै आएको छ ।
प्रवासी नेपाली समन्वय समिति “pncc” र नेपाली राजदूतावास मलेसियाबीचको सम्बन्ध :
PNCC र मलेशियास्थित नेपाल दूतावासबीचको सम्बन्ध प्रवासी नेपाली श्रमिकहरूको उद्धार, सहयोग र अधिकार संरक्षणको साझा अभिभावकत्वका रूपमा अविच्छिन्न रूपमा विकास हुँदै आएको छ। मलेशिया नेपाली कामदारहरूको प्रमुख रोजगारी स्थल भएकाले त्यहाँ विभिन्न समस्या तथा संकटमा परेका श्रमिकहरूको सहायताका लागि दूतावासको औपचारिक भूमिकालाई PNCC ले फिल्ड–स्तरको सहयोगद्वारा थप सशक्त बनाउँदै आएको छ।
विशेषगरी, उद्धार कार्यमा PNCC ले पीडितको विवरण संकलन, तत्काल सम्पर्क स्थापना र आवश्यक कागजात जुटाउने काम गर्छ भने नेपाल दूतावासले कूटनीतिक प्रक्रिया, कानुनी सहजीकरण र स्वदेश फिर्ती व्यवस्थापनमा पहल गर्छ। यसरी PNCC ले मलेशियास्थित नेपाल दूतावाससँग उद्धारको काम र अन्य मुद्दाहरूमा सधैं समन्वय र सहकार्य गर्दै आएको छ।
साथै श्रम शोषण, दुर्घटना, वेतन नपाइने समस्या, शव फिर्ता, कानुनी कारबाही, श्रमिक सचेतना कार्यक्रम तथा समुदायस्तरका विषयमा पनि दुबै पक्षले हातेमालो गर्दै प्रवासी नेपालीहरूलाई सुरक्षित र संरक्षित वातावरण प्रदान गर्नेतर्फ ध्यान केन्द्रित गर्दै आएका छन्। राज्यको आधिकारिक निकायको रूपमा दूतावास र समुदाय नजिकको संस्थाको रूपमा PNCC बीचको यो साझेदारी प्रवासी नेपालीहरूको जीवनमा विश्वास र सुरक्षाको आधारस्तम्भ बनेको छ।
भविष्यमा पनि यो सहकार्यलाई अझ सुदृढ बनाउँदै प्रवासीको अधिकार संरक्षणका दिशामा दीर्घकालीन संरचनागत सहयोग प्रणाली विकास गरिनुपर्ने आवश्यकता रहेको देखिन्छ। पिएनसिसिसंग सम्पर्क गर्नको लागि तल निम्न नम्बर हरु उल्लेख छ् ।
पूर्ण लिम्बू (मलेसिया संयोजक): +६०१८३५०७७३०
रेखा लिम्बू (संयोजक) – +६०१६५४५५७६६
जीवन देवान (क्वालालम्पुर )- +६०१६३९१९५९०
सुरेन्द्र महत्तो (जोहोर)- +६०१०२५२१४०७
सुरेश देवकोटा (पेनाङ)- +६०१८९४१३७५९


















